धनुषामा एक महिलामाथि सामूहिक बलात्कार, २ जना पक्राउ

धनुषा : धनुषाको जनकपुरधाममा एक महिलामाथि सामुहिक बलात्कार भएको छ । जनकपुरधाम उपमहानगरपालिका ४ विश्वकर्माचोकमा आज विहान ३५ वर्षीया महिलामाथि सामुहिक बलात्कार भएको प्रहरीले जनाएको छ । बलात्कार आरोपमा घटनास्थलबाटै एक भारतीय नागरिक सहित दुईजना पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका ७ का नरेश महतो र भारत बिहार राघवेन्द्र प्रसाद सिंह रहेका छन् । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Techie