५५ केजी गाँजासहित ६ जना पक्राउ

सिन्धुली : सिन्धुली प्रहरीले तयारी अबैध गाँजा सहित छ जनालाई हरिहरपुगढीबाट पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले हरिहरपुरगढी–७ केमनचुली कच्ची सडकबाट ३ वटा मोटरसाईकलमा अबैध ५५ केजी तयारी प्याकेजिङ गाँजा सहित छ जनाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा हरिहपुरगढी ७ का सन्तोष स्याङतान, आकाश वल, अंकित मुक्तान, सरोज स्याङतान, मरिण गाउँपालिकाका तिलकध्वज मोक्तान र सर्लाही जिल्ला वागमती नगरपालिकाका श्रवणकुमार वाईवा रहेका छन् ।

उनीहरुको साथबाट अबैध गाँजा ओसार पसारमा प्रयोग गरिएको तीन थान मोटरसाइकल समेत बरामत भएको छ । पक्राउ पर्नेहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Techie