प्रहरीद्वारा ठुलो संख्यामा सर्जिकल मास्क बरामद

काठमाडौं : कोरोना भाइरसको संक्रमण विश्वभर फैलिरहेका बेला प्रहरीले ठुलो संख्यामा सर्जिकल मास्क बरामद गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौंको कपन, र सतुंगल क्षेत्रबाट कृतिम अभाव सिर्जनागरी बढी मूल्यमा विक्री गर्न लुकाइराखेको अवस्थामा सर्जिकल मास्क बरामद गरेको जनाएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक होविन्द्र बोगटीले दुईदिनमा १० लाख ८ हजार थान मास्क बरामद गरिएको जानकारी दिए ।

पक्राउ पर्नेमा ओखलढुंगा घरभई काठमाडौं इमाडोल बस्ने वर्ष ३० को टेकराम श्रेष्ठ, बारा घरभई कपन बस्ने वर्ष ३४ को संजय रेग्मी, चितवन घरभई स्वयम्भु बस्ने वर्ष २६ को अजिम बक्स मिया, आरडिजि इन्टरनेशनल सप्लायर्सका सञ्चालक वर्ष २४ का सुरज गोयल र आरडिजिका अर्का सञ्चालक भारत राजस्थानका ३७ वर्षिय सुबास महेश्वरी रहेका छन् । प्रवक्ता वोगटीले पक्राउ परेकाहरुमाथि कालो बजारी तथा सामाजिक हित बिरुद्धको अपराध ऐन २०३२ अन्तर्गत मुद्धा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको बताए ।

तपाईको प्रतिक्रिया

Techie