सीमामा परीक्षणका लागि आवस्यक उपकरण उपलब्ध नगराइँदा अन्यौल देखियो

महोत्तरी : महोत्तरी जिल्लाका एघार वटा नाकामा हेल्थ डेस्क स्थापना गरिए पनि स्वास्थ्य जाँचको उचित प्रबन्ध मिलाइएको छैन । नाकामा कोरोना भाइरस संक्रमण भएको विरामी भेटिएमा के गर्नेमा समेत हेल्थ डेस्कमा बस्नेहरु अनभिज्ञ रहेका छन् । महोत्तरीका नाका हुँदै ठुलो संख्यामा भारतीय धार्मिक पर्यटक नेपाल आउने गरेको भएपनि सीमामा परीक्षणका लागि आवस्यक उपकरण र स्वास्थ्य उपचार सामग्री उपलब्ध नगराइँदा अन्यौल देखिएको छ ।

नाकामा तापक्रम नाप्ने थर्मल गन नहुँदा सहायता कक्ष औपचारिकता मै सीमित भएको छ । उता, जिल्ला स्वास्थ्य कार्यालयले भने मटिहानी, जलेश्वर मलिबाडा, रघुनाथपुर, समसी लगायत ११ वटा नाकामा पर्याप्त जनशक्ति परिचालन गरेको जनाएको छ । महोत्तरी हुँदै भारतीय धार्मिक पर्यटक जानकी मन्दिर, जलेश्वरनाथ, गढीमाई, छिन्नमस्ता लगायतका मन्दिरमा पूजापाठका लागि आउने गर्दछन् ।

तपाईको प्रतिक्रिया

Techie