चीनमा रहेका १७५ नेपालीलाई उद्धार गरेर भक्तपुर ल्याइयो, १४ दिन क्वारेन्टाइनमा राखिने

काठमाडौं : कोरोना भाइरस संक्रमण फैलिएको चीनको वुहानमा रहेका नेपालीहरूलाई उद्दार गरेर आज विहान काठमाडाै ल्याइएको छ । त्यहाँ रहेका १ सय ७५ जना नेपालीलाई एयर लिफ्ट मार्फत सरकारले उद्धार गरेको हो ।

भिडियो हेर्नुहोस्

विहान तीन बजेर ३५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झरेका उनीहरलाई स्वास्थ्य परीक्षणपछि क्वारेन्टाइनमा राख्न साढे पाँच बजे भक्तपुरको खरिपाटी पठाइएको छ । उद्धार गरेर ल्याइएकामा १ सय ७० विद्यार्थी, एक चिनमा कार्यरत नेपाली, दुई घुम्न बुहान पुगेका ब्यक्ति र दुई बालबालिका छन् ।

१ सय ८५ ले नेपाल फर्कन निवेदन दिएको भएपनि चार जनाले फर्कन नचाहेको बताइएको छ । छ जनामा ताेकिएको मापदण्ड भन्दा बढि तापक्रम भेटिएपछि चीनले उतै रोकेको छ ।

तपाईको प्रतिक्रिया

Techie