क्वारेन्टिनको व्यवस्थापन गर्न माग गर्दैै तौलिहवामा प्रदर्शन

कपिलबस्तु कपिलबस्तुमा मापदण्ड अनुरुपको क्वारेन्टिनको व्यवस्थापन गर्न माग गर्दैै सदरमुकाम तौलिहवामा प्रदर्शन भएको छ । स्थानीय युवाहरुले यथाशीघ्र आईसोलेन वार्डको निर्माण, स्वाब परीक्षणको क्षमता बृद्धि लगायतका माग गर्दै लकडाउनका विच प्रदर्शन गरेका हुन । उनीहरुले संक्रमित बढदै गएकाले क्वारेन्टिन लगायतका पूर्वाधार सुधार गर्न जिल्लाका दश वटै स्थानीय तह र प्रदेश सरकारसंग माग राखेका हुन ।

जिल्लाका विभिन्न राजनैतिक दलका युवा विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय आगाडी सामाजिक दुरी कामय गर्दै प्रदर्शन गरेका हुन । जिल्लाका १० वटै स्थानीय तहले निर्माण गरेका क्वारेन्टिनको अवस्था राम्रो नभएको भन्दै युवा विद्यार्थीहरुले यथाशीघ्र सवै स्थानीय तहमा आईसोलेसन वार्डको व्यवस्थापनमा तत्काल लाग्न आग्रह गरेका छन् । जिल्लाका १० वटा स्थानीय तहमा करीब ७ हजार सर्वसाधारण क्वारेन्टिनमा बसेका भने ७७ जनामा कोरोना संक्रमण पुष्टि भई सकेको छ ।

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया

Techie