नरैनापुरमा आज २७ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि

बाँकेको नरैनापुर गाउँपालिकामा आज २७ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । दाङस्थित राप्ती विज्ञान प्रतिष्ठान अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एउटै पालिकामा एकैदिन २७ जनामा संक्रमण देखिएको हो । योसँगै नरैनापुर गाउँपालिकामा मात्रै संक्रमितको संख्या १ सय १३ पुगेको छ । नरैनापुरस्थित मदरसाका ६, नरैनापुर ३ राष्ट्रिय प्रावि गेगलीमा क्वारेन्टाइनमा बसेका १५ र नरैनापुर १ राष्ट्रिय प्रावि महतेनीयाको क्वारेन्टाइनमा रहेका ६ जनामा शनिबार संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । व्यवस्थित क्वारेन्टाइन नहुँदा संक्रमण बढेको चिकित्सकहरुले जनाएका छन् । शुक्रबार संक्रमित १३ जना भागेपछि सुरक्षाकर्मीहरुले खोजी गरी नेपालगन्ज ल्याउने तयारी गरिरहेका छन् । संक्रमितहरुलाई नेपालगन्ज ल्याउने क्रममा स्थानीयले विरोध जनाउँदै आएका छन् । नरैनापुरमै आइसोलेसन वार्ड बनाउनुपर्ने उनीहरुको माग छ ।

तपाईको प्रतिक्रिया

Techie