बाँझो जमिनमा सामूहिक खेती गर्ने अभियान सुरु

चितवनः चितवनको रत्ननगर नगरपालिकाले बाँझो जमिनमा सामूहिक खेती गर्ने अभियान सुरु गरेको छ । नगरपालिका भित्र बाँझो रहेका प्लटिङ तथा अन्य सार्वजनिक जग्गामा खेती सुरु गरिएको छ । ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका विपन्न समुदायलाई उत्पादनशील क्षेत्रमा अग्रसर बनाउने उद्देश्यले बाझो जमिनमा सामूहिक खेती सुरु गरिएको नगरपालिकाका प्रमुख नारायण वनले बताए ।

विपन्न समूहलाई काम नभएर सरकारले राहत दिनुपर्ने तर जमिन बाँझो रहने स्थिति रहेकाले नगरभित्र रहेको सबै जमिनमा खेती गर्ने अभियान सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । रत्ननगर नम्बर १४ पिठुवामा रहेको करिब ३० विगहा बाँझो जमिनमा खेती गर्न सुरु गरिएको हो । नगरपालिकाले विपन्न वर्गका ३ सय परिवारलाई ५० समूह बनाई सामूहिक खेतीको सुरुवात गरेको हो । सामूहिक खेतीमा प्रोत्साहन गर्न नगरपालिकाले जमिन जोत्न तेल खर्चसँगै मकै र बोडीको बिउ उपलब्ध गराएको छ । कोरोना भाइरसको रोकथामका लागि लकडाउन गरीएपछि समस्यामा परेका विपन्न वर्गका लागि नगरपालिकाले ८२ लाख रुपैयाँ बराबरको राहत वितरण गरेको थियो । काम नभएर राहत वितरण गर्नुपर्ने अवस्थाको अन्त्य गर्नका लागि नगरपालिकाले निःशुल्क जमिन र बिउबिजन उपलब्ध गराएको हो ।

तपाईको प्रतिक्रिया

Techie