लकडाउन लम्बिएसँगै पूर्वपश्चिम राजमार्ग अन्र्तगत बुटवल हुँदै घर फर्कनेहरुको लर्को बढ्यो

बुटवल:  लकडाउन लम्बिएसँगै पूर्वपश्चिम राजमार्ग अन्र्तगत बुटवल हुँदै घर फर्कनेहरुको लर्को देखिन थालेको छ । काठमाडौं, चितवनसँगै अन्य पहाडी जिल्लामा कामको सिलसिलामा पुगेका मानिसहरु पैदलै घर फर्कन लागेका हुन । काठमाडौं र चितवन लगायतका ठाँउवाट तीन दिन हिडेर बुटवल पुगेका अधिकांश मानिसहरु हिडेरै बाँके, दाङ लगायत पहाडी जिल्ला पुग्ने प्रयत्नमा रहेका छन् ।

यसरी हिडनेलाई केन्द्रदेखि स्थानीय तहले समेत सहयोग गरेको भने देखिदैन । केही स्थानमा सामाजिक संघसंस्थाले खानेकुरा उपलब्ध गराएका छन । बुटवलमा एक साता भन्दा लामो समयदेखि यसरी पैदल यात्रा गर्नेहरुको लर्को देखिन थालेको छ । बालबालिका काखमा च्यापेर भोक र रोग नभनी मानिसहरु जन्मस्थलतर्फ फर्किने गरेका छन् । बुटवल हुँदै पश्चिमतर्फ जानेमा प्रदेश पाँचका बाँके, बर्दिया, दाङका बासिन्दा धेरै छन । घर फर्कनेहरु राजधानी लगायतका स्थानमा मजदुरी गर्नेहरु छन् ।

तपाईको प्रतिक्रिया

Techie