कोरोनाबाट बच्न बस्नेत परिवारद्वारा एभिन्यूजलाई मास्क र सेनिटाइजर सहयोग

काठमाडौं : कोरोना महामारी फैलिरहेको बेला निरन्तर सूचना प्रवाह गरिरहेको भन्दै एभिन्यूज टेलिभिजनलाई पूर्वमन्त्री मोहन बहादुर बस्नेत परिवारले मास्क र सेनिटाइजर वितरण गरेका छन् ।

बस्नेत पत्नी माण्डवी राणा बस्नेतले कोरोना महामारीको समयमा सुरक्षाका लागि पत्रकारलाई चाहिने अत्यावश्यक मास्क, स्यानिटाइजर र ग्लोब्स लगाएत सामग्री वितरण गरेकी हुन् ।

सामाग्री हस्तान्तरण गर्दै राणाले जस्तोसुकै परिस्थितिमा पनि फिल्डमा जाने पत्रकार नै भएकाले समय सान्दर्भिक लागेर नै सामग्री वितरण गरेको बताइन् ।

पूर्व मन्त्री बस्नेतले पनि गृहजिल्ला सिन्धुपाल्चोकमा कोरोनाबाट बच्न सर्वसाधारणको घरघरमा पुगेर महत्वपूर्ण स्वास्थ्य सामग्रीहरु वितरण गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

Techie