कोरोना त्रास : अपरिचित व्यक्तिलाई लुंखुसी टोलमा प्रवेश निषेध

काठमाडौं : ललितपुर महानगरपालिका वडा नं १७ स्थित लुंखुसी टोलमा अपरिचित व्यक्ति प्रवेशमा रोक लगाइएको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमणलाई मध्यनजर गर्दै लुंखुसी टोल संघले उक्त टोल भित्र पस्ने बाटोमा एक सूचना टाँस गरी अपरिचि व्यक्तिलाई टोलमा प्रवेश गर्न प्रतिवन्ध लगाएको हो ।

संघले टाँसेको सूचनामा भनिएको छ, ‘यस लुंखुसी टोलभित्र टोलबासीहरु, टोलका डेरावालाहरु तथा अत्यावश्यक सामान ढुवानी बाहेक अन्य अपरिचित व्यक्तिहरुलाई यस लुंखुसी टोल परिसर भित्र प्रवेश निषेध गरिएको छ ।’

नेपालमा हालसम्म ९ जनामा कोरोना संक्रमणको पुष्टि भइसकेको छ । ९ जना मध्ये १ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् भने अन्य ८ जना उपचाररत छन् । सोही संक्रमण न्यूनिकरण गर्नका लागि आफ्नो टोलमा अपरिचित व्यक्तिहरुलाई प्रवेश निषेध गरिएको संघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Techie