विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५० हजार ५ सय नाघ्यो

विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५० हजार ५ सय नाघेको छ । भाइरसबाट ९ लाख ८७ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । विश्वभर २ लाख ६ हजारभन्दा बढी संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा मात्रै संक्रमितको संख्या २ लाख २९ हजार नाघेको छ भने ५ हजार ४ सय जनाको मृत्यु भइसकेको छ । यसैगरी, इटलीमा संक्रमित हुनेको संख्या १ लाख १५ हजार नाघेको छ । त्यहाँ १३ हजार ९ सय १५ जनाको मृत्यु भइसकेको छ । संक्रमितको संख्या स्पेनमा १ लाख १० हजार नाघेको छ । त्यहाँ १० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा ७ सय ९ जनाको मृत्यु भएको छ । जर्मनीमा संक्रमितको संख्या ८१ हजार नाघेको छ भने करिब एक हजार जनाको मृत्यु भएको छ । त्यस्तै फ्रान्समा संक्रमितको संख्या ५७ हजार नाघेको छ भने मृत्यु हुनेको संख्या चार हजार नाघेको छ । इरानमा संक्रमितको संख्या ५० हजार ५ सयभन्दा बढी पुगेको छ भने ३ हजार १ सयभन्दा बढीको मृत्यु भइसकेको छ । बेलायतमा पनि संक्रमण फैलदो क्रममा रहेको छ । त्यहाँ ३३ हजार सात सय भन्दा बढीलाई संक्रमण भएको छ भने २ हजार ९ सय २१ जनाको मृत्यु भइसकेको छ । दक्षिण एसियाली राष्ट्रहरुमा समेत संक्रमितको संख्या बढ्दो छ । पाकिस्तानमा संक्रमितको संख्या २ हजार ३ सय नाघेको छ भने ३३ जनाले ज्यान गुमाएका छन् । त्यस्तै भारतमा दुई हजार ३ सयभन्दा बढी संक्रमित भएका छन् भने ६८ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

Techie