कोरोनाका कारण विश्वभर मृत्यु हुनेको संख्या ११ हजार नाघ्यो

 

कोरोना भाइरस अर्थात कोभिड नाइन्टिनका कारण विश्वभरि ११ हजार ५ सय ५४ जनाको मृत्यु भइसकेको छ । त्यस्तै, भाइरसको संक्रमण एक सय ८२ मुलुकमा पुगिसकेको छ भने दुई लाख ७७ हजार भन्दाबढीमा संक्रमण पुष्टि भएको छ । इटालीमा संक्रमितको संख्या ४७ हजार नाघेको छ भने ४ हजार ३२ जनाको मृत्यु भएको छ । यता इरानमा भने १९ हजार ६ सय ४४ जना संक्रमित भेटिएका छन् । एक हजार चार सय ३३ जनाको मृत्यु भएको छ । त्यसपछि क्रमशः स्पेनमा २१ हजार ५ सय १०, दक्षिण कोरियामा आठ हजार छ सय ५२, फ्रान्समा १२ हजार ६ सय १२ र जर्मनीमा १९ हजार ८ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै, इरानमा एक हजार चार सय ३३ को मृत्यु भएको छ भने स्पनेमा एक हजारभन्दा बढीले ज्यान गुमाएका छन् । दक्षिण कोरियामा भने ९४ जनाको मृत्यु भएको छ । उता फ्रान्समा चार सय ५० जनाको मृत्यु भएको छ । चीनपछि सबैभन्दा बढी जोखिममा रहेको इटालीमा कोरोना नियन्त्रणका लागि मुलुकलाई नै लकडाउनको अवस्थामा राखिएको छ । उता अमेरिकामा समेत कोरोनाले विस्तारै उग्र रुप लिन थालेको छ । अमेरिकाका ५० वटै राज्यमा कोरोनाको संक्रमण देखिएको छ । त्यहाँ १९ हजार ७ सय ७४ जनामा कोरोनाको संक्रमण देखिएको छ । कोरोनाका कारण दुई सय ७५ हजारको ज्यान गइसकेको छ । सरकारले त्यहाँ लकडाउनको घोषणा गरेको छ ।

तपाईको प्रतिक्रिया

Techie