कोरोना भाइरस निगरानी कक्षका लागि अमित मेडिसिन डिष्टीब्यूटर्सद्वारा शैय्या उपलब्ध

धनगढी : धनगढी उप–महानगरपालिकाले त्रिनगर भन्सार नाकामा स्थापना गरेको कोभिड १९ को निगरानी कक्षका लागि धनगढीको अमित मेडिसिन डिष्टीब्यूटर्सले शैय्या उपलब्ध गराएको छ । कोरोना संवेदनशीलताको पूर्व सर्तकतामा सहयोग पुगोस भन्ने उद्देश्यका साथ शैय्या उपलब्ध गराइएको मेडिकल का संचालक दुस्यन्त बस्नेतले बताए ।
यस अघी धनगढीस्थित वालाजी सर्जिकल सप्लायर्सले समेत कोरोना परिक्षणमा खटिने स्वास्थ्यकर्मीको सुरक्षाका लागि डिस्पोजल गाउन हस्तान्तरण गरेको थियो । वालाजी सर्जिकल सप्लायर्सका प्रोप्राईटर करना वर्नवाल र दिपेन्द्र प्रसाद तिवारीले गाउन हस्तान्तरण गरेका थिए । हस्तान्तरण कार्यक्रमको अवसरमा धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले कोरोना भित्रिन नदिन सबै क्षेत्रले समन्वय गर्नु आवश्यक रहेको बताए । नगरप्रमुख वडले कोराना भित्रिन नदिने नाममा प्रचारप्रसार गर्दा पनि भिडभाड र र्याली ननिकाल्न अनुरोध गरेका छन् ।

 

तपाईको प्रतिक्रिया

Techie