पर्वतका स्वास्थ्यकर्मी आवश्यक स्वास्थ्य सामाग्री र उपकरण विना नै तयारीमा जुटन बाध्य !

पर्वत : कोरोना भाइरस सुरक्षाका लागि पर्वतका स्वास्थ्यकर्मी आवश्यक स्वास्थ्य सामाग्री र उपकरण विना नै तयारीमा जुटन बाध्य भएका छन् । पर्वत जिल्ला अस्पतालमा आईसोलेसन कक्ष तयार गरेपनि अस्पतालमा आधारभूत सामाग्री समेत उपलब्ध गराइएको छैन । संक्रमितको उपचारका लागि दुई महिना पुग्ने पञ्जा र माक्स बाहेक अन्य सामाग्री अस्पतालमा छैनन । केन्द्र र प्रदेश सरकारसँग सामाग्री माग गरिएको भएपनि उपलब्ध नहुँदा समस्या भएको चिकित्सकले बताएका छन् ।

संक्रमित भेटिएको खण्डमा उपचारका लागि पर्वत जिल्ला अस्पतालले चारवटा आईसोलेसन शैय्या भने तयारी अवस्थामा राखेको छ । उपचारमा सग्लन चिकित्सकलाई टाउकोदेखि खुट्टासम्म ढाक्ने उपकरण उपलब्ध गराउनुपर्ने भएपछि स्वास्थ्य मन्त्रालयले अहिलेसम्म अस्पतालमा ति सामाग्री पु¥याएको छैन । अस्पतालमा अहिले दैनिक ३० देखि ४० जना मौसमी रुघाखोकीका विरामीहरु पुग्ने गरेका छन् । भाइरस संक्रमणको सम्भावना रहेकाले अस्पतालले चिकित्सक र विरामीलाई विदा समेत दिएको छैन ।

तपाईको प्रतिक्रिया

Techie