ललिता निवास जग्गा प्रकरणको अनुसन्धान कहाँ पुग्यो ?

काठमाडौ । सरकारले अहिले प्रधानमन्त्रिको निवास हाता भित्र रहेको ललिता निबासको जग्गा हड्प्ने गिरोहबाट जग्गा फिर्ता ल्याउने पहल शुरु गरेको छ। ललिता निबासको सरकारी जग्गा हड्प्ने सरकारी कर्मचारी र बीचौलीयाहरुलाई अख्तियारले छानबीन गरि कार्बाही समेत सुनाईसकेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको सरकारी जग्गामा ब्यापक अनियमितता गरेको आरोपमा एक पूर्वउपप्रधानमन्त्री, तीन पूर्वमन्त्रीसहित १७५ जनाविरुद्ध २०७६ माघ २२ गते बुधबार मुद्दा दायर गरेको थियो । त्यसरी बिषेश अदालतमा मुद्धा दायर भएका १७५ जना अभियुत्तहअरु मध्ये सरकारी जग्गा हीनामीनामा सम्लग्न पैतालिस जना सरकारी कर्मचारी र ललिता निकासको जग्गा हाल आफ्नो नाममा राखेका ३० जना थप दलालहरुलाई १५ दिन भित्र बयानकोे लागि बिशेष अदालतमा उपस्थीत हुन उर्दि जारी गरिसकेको छ।

हेर्नुहोस् भिडियो :

 

तपाईको प्रतिक्रिया

Techie