ताजा खबर

ए डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पा तथा दोस्रोमा सरस्वती युथ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

आर्मी र शेर्पाविचको खेल साढे १२ बजे ललितपुरस्थित एन्फा कम्लेक्समा हुनेछ । लिगमा एक जित र एक हार ब्यहोरेको आर्मीको तीन अंक छ । दुबै खेल बराबरी खेलेको शेर्पाले दुई अंक मात्रै जोडेको छ ।

दिउसो तीन बजे दशरथ रंगशालामा प्रहरी र सरस्वती भिडदैछन् । दुबै टिम पहिलो जितको खोजीमा हुनेछन । तेस्रो चरणमा पुग्दा पनि दुबै टिमले अहिलेसम्म अंक जोडन सकेका छैनन ।

Techie