ताजा खबर

न्यूयोर्कमा यहुदीमाथि छुरा आक्रमण

अमेरिका : अमेरिकाको न्यूयोर्कमा यहुदीहरूको एक प्रार्थनासभा नजिकैको घरमा छुरा आक्रमण भएको छ । न्यूयोर्कको उत्तरमा रहेको मोन्सेमा अवस्थित एकजना यहुदी धर्मगुरुको घरमा भएको छुरा आक्रमणमा कम्तिमा पाँच जना घाइते भएका छन् ।

एउटै ब्यक्तिलाई छ पटकसम्म छुरा प्रहार गरिएको फेला परेको उपचारमा सग्लन चिकित्सकले बताएका छन् । प्रहरी टोलीले अहिले सो स्थानमा सुरक्षा जाँच गरिरहेको छ । घाइते हुने सबै यहुदीहरू रहेको बताइएको छ ।

आक्रमणको उद्देश्य खुलेको छैन । आक्रमणकारीको खोजी भइरहेको प्रहरीले जनाएको छ । यहुदीहरु खानुखा भनिने पर्व मनाउन जुटेको समयमा आक्रमण भएको हो ।

Techie