इजरायल रोजगारीका लागि आज भाषा परीक्षा हुँदै

इजरायलको रोजगारीमा जान चाहने नेपालीहरुको लागि आज भाषा परीक्षा हुँदैछ । भाषा परीक्षाका लागि काठमाडौंमा ११ वटा केन्द्र तोकिएका छन् । परीक्षामा सात हजार सहभागी हुँदैछन । ११ स्थानका १६ परीक्षा केन्द्रमा ३ हजार ७ सय २७ पुरुष र ३ हजार २ सय ८२ महिलाले सहभागिता जनाउन लागेका हुन । नौ हजारले आवेदन दिएपनि २ हजार बढी आवेदन मापदण्ड नपुगेकोले अस्वीकृत भएका छन । भाषा परीक्षाको नतिजा सार्वजनिक भएको १० दिनभित्र अन्तवार्ता गरी अन्तिम नामावली प्रकाशित गरिने बैदेशिक रोजगार विभागले जनाएको छ । ८० प्रतिशत भाषा परीक्षा र २० प्रतिशत अन्र्तवार्ता पास गर्नुपर्ने नियम लागु गरिएको छ । इजरायलले नेपालबाट एक हजार कामदार लैजाने तयारी गरेको छ ।

तपाईको प्रतिक्रिया

Techie