रोनाल्डो र मेसिको जर्सि बिक्रि होडः कसको कति जर्सी बिके ?

एजेन्सि । क्रिस्टियानो रोनाल्डो र लियोनन मेसिको ट्रान्स्फरले धेरै प्रश्न उब्जाएको छ । रोनाल्डो आफ्नो पुरानो क्लब म्यान्चेष्टर यूनाईटेड र मेसि बार्सिलोनासँग १७ वर्ष विताएर फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) मा अनुबन्ध भएका छन् ।

दशक लामो रोनाल्डो मेसि प्रतिसपर्धाले फुटबल समर्थकहरुलाई सदै दुई भागमा बाड्ने गरेको छ । यसैबिच दुई सुपर स्टारहरुको नयाँ क्लबमा अनुबन्धसँगै विभिन्न पक्षको तुलनाहुन थालेको छ । हाल उनीहरुको जर्सी बिक्रि तुलना बढी हुने गरेको छ । रोनाल्डोको नम्बर ७ जर्सी मेसिको नम्बर ३० जर्सीको तुलनामा झण्डै दुइगुणा बढी बिक्रि भएको छ ।

मेसिलाई क्लबमा अनुबन्ध गरेको केहि समयमै २० मिलियन यूरो बढी जर्सी बिक्रि गरेको पिएसजीले हालसम्म १०३ मिलियन बढीको बिक्रि गरेको छ । उता, रोनाल्डो क्लबमा अनुबन्ध भएयता युनाइटेडले १८७ मिलियन बढीको जर्सी बिक्रि गरेको छ । यो सिजनको सुरुवातसँगै यूनाईटेड जर्सि विक्रिको शिर्ष स्थानमा रहदै आएको छ । जसमा रोनाल्डोको नम्बर ७ जर्सिको बिक्रि ६०० प्रतिशतले बढेको हो ।

तपाईको प्रतिक्रिया

Techie