तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट

काठमाडौं – तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ शुक्रवार बाँडफाँट भएको छ।

मंगलबार प्रिअलोटमेन्ट सकिएपछि कम्पनीको शेयर बाँडफाँट भएको एनआईविएल एस क्यापिटलले जनाएको छ । कम्पनीले भदौ ९ गते देखि १३ गतेसम्म ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर निष्काशनमा ल्याएको थियो ।

७४ हजार ४०० जनाले १० कित्ताका दरले शेयर पाएका छन्। कम्पनीले कुल शेयरमध्ये २ प्रतिशत अर्थात् १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ७ लाख ४४ हजार कित्ता शेयर मात्रै सर्वसाधारणमा बाँडफाँट गरेको हो।

तपाईको प्रतिक्रिया

Techie