शेयर बजारमा गिरावट

बिहीबार शेयर बजारमा गिरावट आएको छ । नेप्से परिसूचक ५० दशमलव २८ अंकले घटेर २ हजार ९ सय २६ दशमलव ७४ अंकमा झरेको छ । सेन्सेटिभ परिसूचकमा पनि गिरावट आएको छ । दिनभर ९ अर्ब ५० करोड रुपैयाँ बढीको शेयर कारोबार भयो । कारोबारमा आएका सबै समूह घटेका छन् । बैंकिङ, विकास बैंक, बीमा, जलविद्युत लगायतका समूहमा गिरावट आउँदा नेप्से तेजी अंकले घटेको हो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा तरलता अभाव देखिनु र नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत शेयर धितो कर्जामा सीमा तोकिदिनुले बजार प्रभावित भएको छ । नेप्सेमा गिरावट आएपनि आज पहिलो कारोबार भएको सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । नारायणी विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक र अरुण काबेली पावर लगायतका कम्पनीका शेयरधनीले गुमाएका छन् । अरुण भ्याली जलविद्युत विकास कम्पनीको शेयर कारोबार सर्वाधिक ५७ करोड ४० लाख रुपैयाँको भएको छ ।

तपाईको प्रतिक्रिया

Techie