निर्वाचन आयोगको आह्वानमा सर्वदलीय बैठक जारी, स्थानीय तहको चुनावबारे छलफल हुने

स्थानीय तहको चुनावबारे छलफल गर्न निर्वाचन आयोगमा सर्वदलीय बैठक जारी छ । आयोगले स्थानीय तहको चुनावसँगै माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचन र मतदाता नामावली अद्यावधिकका विषयमा दलहरुसँग छलफल गरिरहेको हो । आयोगले छलफलका लागि प्रतिनिधि सभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ दल बोलाएको छ । आयोगले यसअघि नै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर वैशाख १४ र वैशाख २२ गते स्थानीय तहको निर्वाचन गर्न प्रस्ताव गरेको थियो । सरकारले अहिलेसम्म स्थानीय तह निर्वाचनबारे कुनै निर्णय गरेको छैन । स्थानीय तहका पदाधिकारीको पदावधि आउँदो जेठ ५ मा सकिदैछ । स्थानीय जनप्रतिनिधिको कार्यकाल समाप्त भएको ६ महिनाभित्र चुनाव गर्नुपर्ने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया

Techie