कोरोनाको तेस्रो लहरमा गम्भीर बिरामीको संख्या १५ हजार पुग्नसक्ने प्रक्षेपण

माघको तेस्रो साता संक्रमण उत्कर्षमा

अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले नेपालमा सरकारको असंवेदनशीलता र अक्षमताले कोरोना महामारीको दोस्रो लहरमा धेरै नागरिककको मृत्यु भएको जनाएको छ । मानव अधिकारको विश्वव्यापी अवस्था सम्बन्धमा प्रतिवेदन सार्वजनिक गर्दै उसले सरकार संवेदनशील र सक्रिय भएको भए धेरै संक्रमितलाई मृत्युको मुखमा पुग्नबाट बचाउन सकिने दाबी गरेको हो । प्रतिवेदनमा महामारीमा पूर्वतयारी गर्न र उच्च बिन्दुमा पुग्दा त्यसलाई सम्बोधन गर्न सरकार पूर्णतया असफल हुँदा थुप्रै विरामीको मृत्यु भएको दाबी गरिएको छ । विरामीले अक्सिजन नपाएको, खोप खरिदमा अनियमिता भएको विषय पनि प्रतिवेदनमा समेटिएको छ । सरकार र राजनीतिक दलहरू कोरोना नियन्त्रणमा भन्दा राजनीतिक खिचातानीमा बढी संलग्न भएका कारण भयावह अवस्था आएको आरोप पनि ह्युमन राइट्स वाचले लगाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफू प्रधानमन्त्री भएको झन्डै ३ महिनासम्म पनि स्वास्थ्यमन्त्री नियुक्ति गर्न नसकेको पनि प्रतिवेदनमा औल्याइएको छ । कोरोनाको दोस्रो लहरमा नेपालमा ६ हजारभन्दा बढी नागरिकको मृत्यु भएको थियो । ह्युमन राइट्स वाचको ३२ औं वार्षिक प्रतिवेदनमा सयभन्दा बढी देशको मानव अधिकारको अवस्था विश्लेषण गरिएको छ ।

तपाईको प्रतिक्रिया

Techie