३५५३ जना कोरोना संक्रमित थपिए, थप १ जनाको मृत्यु

नेपालमा थप तीन हजार ५ सय ५३ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १० हजार ४ सय ९८ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ९ सय २२ र ४ हजार ५ सय ८३ जनाको एन्टिजेन परीक्षण गर्दा ६ सय ३१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज थपिएका संक्रमितमध्ये १९ सय १६ जना काठमाडौँ उपत्यकाका हुन् । काठमाडौँमा १४ सय ४९, ललितपुरमा ३१७ र भक्तपुरमा १५० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको कूल संख्या ९ लाख ४० हजार ५ सय २२ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा दुई सय ७१ जना सङ्क्रमित निको भएका छन् भने एक जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमित भएकामध्ये ८ लाख १५ हजार ३ सय ४७ जना निको भएका छन् भने संक्रमणका कारण ११ हजार ६ सय १० जनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ३ सय ४० पुगेको छ ।

तपाईको प्रतिक्रिया

Techie