विधानसभा चुनाव नजिकिएसँगै भारतको उत्तर प्रदेशमा पार्टी परिवर्तन गर्ने क्रम बढ्यो  

वनमन्त्री चौहानले पनि राजीनामा दिएपछि सरकार संकटमा

भारतीय राज्य उत्तर प्रदेशका वन तथा वातावरणमन्त्री दारा सिंह चौहानले पदबाट राजीनामा दिएका छन् । पिछिडिएका, अल्पसंख्यक, दलित, किसानको मुद्दामा राज्य सरकार चुकेको भन्दै उनले राजीनामा दिएका हुन । श्रममन्त्री स्वामीप्रसाद मौर्यले राजीनामा घोषणा गरेको एकदिनपछि चौहानले पनि राजीनामा दिएका हुन । दुई मन्त्रीको राजीनामाले योगी आदित्यनाथ सरकार संकटमा परेको छ । उता भारतीय जनता पार्टीले वक्तव्य जारी गर्दै उत्तर प्रदेशका कांग्रेस सांसद नरेश सैनी, समाजवादी पार्टीका सांसद हरिओम यादव र पूर्वसांसद धर्मपाल सिंह विजेपी प्रवेश गरेको जानकारी दिएको थियो । विधानसभा निर्वाचनको मिति सार्वजनिक भएपछि उत्तर प्रदेशमा नेताहरुले पार्टी परिवर्तन गर्ने क्रम बढेको छ । विधानसभाको ४ सय ३ का सिटका लागि हुने चुनावमा २ सय ३ सिट ल्याउनेको सरकार बन्नेछरु। राजनीतिक शक्तिका दृष्टिकोणले भारतीय राज्यहरूमा उत्तर प्रदेश निकै महत्पूर्ण मानिन्छरु। उत्तर प्रदेशमा फेब्रुअरी दशदेखि मार्चा दशसम्म चरणबद्ध रुपमा निर्वाचन हुँदैछ । कोरोना त्रासविच उत्तर प्रदेशसँगै उत्तराखण्ड, पञ्जाब, गोवा र मणिपुरमा पनि चुनाव हुँदैछ ।

तपाईको प्रतिक्रिया

Techie