इंग्लिस प्रिमियर लिगमा साउथह्याम्पटनको सहज जित 

ब्रेन्टफोर्ड चार एक गोल अन्तरले पराजित

इंग्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्पटनले सहज जित निकालेको छ । मंगलबार राति भएको खेलमा साउथह्याम्पटनले ब्रेन्टफोर्डलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा जान बेडनारेकले खेलको पाँचौ मिनेटमा गोल गर्दै साउथह्याम्पटनलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको २३ औं मिनेटमा भिटाली जानेटले गोल गर्दै ब्रेन्टफोर्डलाई १–१ को बराबरीमा ल्याए । अल्भारो फर्नान्डेजले ३७ औं मिनेटमा आत्मघाती गोल गरेपछि साउथह्याम्पटन २–१ ले अघि रह्यो । खेलको ४९ औं मिनेटमा अर्मान्डो बोर्जाले गोल गर्दै टिमको अग्रता ३–१ को बनाए । त्यसपछि खेलको ७० औं मिनेटमा एडम चेले गोल गरेपछि घरेलु टोली ४–१ ले विजयी भयो । यस जितसँगै साउथह्याम्पटनले २० खेलमा २४ अंक जोडेको छ । साउथह्याम्पटन ११ औं स्थानमा रहेको छ । ब्रेन्टफोर्ड २३ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।।

तपाईको प्रतिक्रिया

Techie