बंगबंधु म्याराथनमा नेपाली धाविका पुष्पालाई कास्य

नेपालकी धाविका पुष्पा भण्डारीले बंगबंधु शेख मुजीव बन्धु म्याराथनमा कास्य पदक जितेकी छिन् । बंगलादेशको ढाकामा आज विहान महिलातर्फको प्रतिस्पर्धामा निर्धारित दुरी २ घण्टा ५७ मिनेट ३५ सकेन्डमा पूरा गर्दै पुष्पाले कास्य पदक जितेकी हुन् । महिलातर्फ भारतकी आरती पटेलले दुई घण्टा ५३ मिनेट २८ सेकेन्डको समय निकाल्दै स्वर्ण जितिन् । भारतकै ज्योति गावटीले २ घण्टा ५४ मिनेट १४ सेकेन्डको समय निकाल्दै रजत जितिन् । पुरुषतर्फ नेपालका किरण बोगटी पाँचौं स्थानमा सीमित भए । सागका स्वर्ण विजेता बोगटीले निर्धारित दूरी २ घण्टा २३ मिनेट ४३ सेकेन्डमा पुरा गरेका हुन । पुरुषतर्फ पनि भारतका बुगाथा स्रिनुले स्वर्ण र भारतकै अर्जुन प्रधानले रजत जितेका छन ।

तपाईको प्रतिक्रिया

Techie