विज्ञापन बजारलाई गति दिन सरकार गम्भीर बन्नुपर्ने व्यवसायीको भनाइ

क्लिन फिड प्रभावकारी ढंगले लागू गर्न माग

ब्यवसायीहरुले कोरोना महामारीका कारण थला परेको बिज्ञापन ब्यवसायलाई नयाँ गति दिन सरकार गम्भिर बन्नुपर्ने बताएका छन । बिज्ञापनको अबधाराणा र परिभाषालाई बुझेर प्रोत्साहन गर्ने नीति बनाउनु पर्ने उनीहरुको माग छ ।
सुक्रबार काठमाण्डौमा आयोजित नेपाल बिज्ञापन संघको बार्षिक साधारणसभामा सुचना तथा संचार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सरकारले बिज्ञापन ब्यवसायलाई प्रोत्साहन गर्ने नीति लिएको बताए । उनले बिज्ञापन क्षेत्रको उत्थानका लागी सरकारले सबै संग सहकार्य गर्ने बताए ।
नेपाल बिज्ञापन संघका अध्यक्ष सोम धितालले बिज्ञापन ब्यबसायले अनेक समस्या झेलिरहेका बेला यस क्षेत्रको उत्थानका लागि पहल गर्नुपर्ने बताए । उनले सबै पक्ष गम्भिर नभए आगामी दिनमा मुलधारका संचार माध्यमलले ठुलो चुनौति सामना गर्नुपर्ने बताए ।
नेपाल बिज्ञापन संघका पुर्व अध्यक्ष भाष्कर राज राजकर्णिकारले बिज्ञापनको अबधाराणा र परिभाषालाई बझ्ने सवालमा एकरुपता हुनु पर्ने बताए । उनले बिज्ञापनको समाबेशिता र समानुपातिक प्रणालीबारे सरकारी दृष्टीकोण स्पष्ट हुनुपर्ने बताए । कुन कुन क्षेत्रले बिज्ञापन गर्न पाउने र नपाउने बिषयमा प्रष्ट नीति आवश्यक रहेको उनको भनाई छ ।

 

नेपाल बिज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले राज्य, बिज्ञापनदाता र ब्यबसायीको समन्वयका लागि आफु सधै प्रतिबद्ध रहेको बताउदै बोर्डका बारेमा भ्रम श्रृजना नगर्न आग्रह गरे ।
नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कोरोनाका कारण थला परेका उद्योग र बिज्ञापन ब्यबसायका लागि सरकारले ल्याएको राहात कार्यक्रम औचित्यहिन रहेको बताए ।
कार्यक्रममा सुचना तथा संचार प्रविधि मन्त्रालयका सचिब डक्टर बैकुण्ठ अर्याल, नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेल लगायत ब्यवसायीहरुले बिज्ञापन ब्यवसायलाई नयाँ गति दिनुपर्ने आवश्यकता रहेको बताए ।

तपाईको प्रतिक्रिया

Techie