ए डिभिजन लिगअन्तर्गत आठौं चरणका खेल आजबाट सुरु हुँदै

अपराजित संकटाले सातदोवाटोको सामना गर्ने

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आजबाट आठौं चरणका खेलहरु सुरु हुँदैछन । दशरथ रंगशालामा हुने पहिलो खेलमा दिउसो एक बजे संकटा क्लबले नवप्रवेशी सातदोबाटो युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । संकटा सातदोबाटोलाई हराएर संकटा दोस्रो स्थानको मनाङसँग अंक बराबरी गर्ने प्रयासमा हुनेछ । ७ खेलमा १३ अंक सहित संकटा लिगको तेस्रो स्थानमा छ । सातदोबाटो ८ अंक जोडेर आठौं स्थानमा रहेको छ । अर्को खेलमा आजै साँझ विभागीय टिम एपीएफ क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । पौने पाँच बजे हुने खेलमा एपीएफ जावलाखेललाई हराएर अंक तालिका सुधार गर्ने प्रयासमा हुनेछ । जावलाखेल सात अंक जोडेर नवौं र एपीएफ छ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।

तपाईको प्रतिक्रिया

Techie