नेपाल वायुसेवाले पायो अन्तर्राष्ट्रिय उडानमा खतराजन्य पदार्थ आयात तथा निर्यातको अनुमति

काठमाडौ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमले कार्गाे जहाज मार्फत खतराजन्य सामान आयात निर्यात गर्न पाउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रालयले वायुसेवा निगमलाई अन्तर्राष्ट्रिय उडानमा खतराजन्य पदार्थ आयात तथा निर्यातको अनुमति प्रमाणपत्र प्राप्त भएको जानकारी गराएको हो ।
नेपाल वायु सेवा निगमले कार्गाे जहाज मार्फत खतराजन्य सामान आयात निर्यात गर्ने भएको हो । सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री प्रेम बहादुर आलेले निगमलाई खतराजन्य सामाग्री आयात निर्यात गर्न पाउने प्रमाणपत्र हस्तान्तरण गरे । नेपाली ध्वजाबाहक जहाजलाई नाफामा पु¥याउने उद्धेश्यका साथ यो पहल गरेको उनको भनाई छ । निगम घाटामा गएको र ऋणको ब्याजसमेत तिर्न नसकेको भन्दै मन्त्री आलेले निगमलाई कुनैपनि हालतमा माथि उठाउने प्रतिबद्धता समेत ब्यक्त गरे । मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालयमा हुने हरेक खर्चमा मितव्ययिता अपनाइएको मन्त्री आलेको दावी छ ।
निगम कार्यकारी अध्यक्ष युवराज अधिकारीले खतराजन्य पद्धार्थ आयात निर्यातको अनुमति पाउनु नेपालको लागि ठुलो उपलब्धी भएको बताए । खतराजन्य पद्धार्थ सामाग्री आयात निर्यातमा अब व्यवसायीहरुलाई झन्झट नहुने र राजश्वमा समेत वृद्धि हुने अधिकारीले निगमले बताए ।
खतराजन्य सामानलाई प्रज्वलनशील पदार्थ, औषधीजन्य पदार्थ, धारिला सामाग्री विभिन्न प्रकारका ब्याट्रीहरु, मदिराजन्य सामाग्री गरी ९ प्रकारमा बर्गिकरण गरिएको छ ।

तपाईको प्रतिक्रिया

Techie