कोरोनाको नयाँ भेरियन्टबारे विज्ञद्वारा चासो र चिन्ता व्यक्त

दुई मात्रा खोप लगाएकालाई बुष्टर डोज दिने सरकारको तयारी

कोरोनाको नयाँ भेरियण्ट देखा परेसंगै नेपालमा पनि यसबारे चासो र चिन्ता बढेको छ । सरकारी तवरबाट प्रारम्भिक चरणमा हुनुपर्ने कार्यहरुका बारेमा सरोकारवाला निकायले विशेष सावधानी र तयारी गर्नुपर्नेमा जोड दिएका छन् । संसदीय समितिको छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले कोरोनाबिरुद्धको दुई डोज लगाइसकेका नागरिकहरुलाई बुस्टर डोज लगाउन आग्रह गरेका छन् ।
बैठकमा सहभागीहरुले कोरोना भाइरसको नयाँ भेरियन्ट नयाँ भएकोले विश्वले यसमा चासो दखाइरहेको भन्दै स्वास्थ्य सावधानी अपनाउन सुझाव दिए । ओमिक्रोनको अध्ययन हुने क्रम जारी रहेकोले अध्ययनपछि यसबारेमा जानकारी गराउने आउने बताए ।
समितिका सदस्यहरुले नयाँ भेरियन्टबाट शतर्कता अपनाउनु पर्ने र लकडाउन बाहेकको विकल्प सोच्नुपर्ने बताएका छन ।
विज्ञहरुले विश्व स्वास्थ्य संगठनले कोरोनाका नयाँ प्रकारबारे अध्ययन गरिरहेको र छिमेकी देश भारतमा संक्रमित फेला परिसकेकोले नेपालका सीमानाकाहरुमा विशेष सावधानी अपनाउनुपर्ने सुझाव दिएका छन् ।

तपाईको प्रतिक्रिया

Techie