२६ सयबाट तल झर्‍यो नेप्से परिसूचक

काठमाडौ । साताको अन्तिम कारोबार दिन बिहीवार शेयर बजारमा उच्च गिरावट आएको छ । नेप्से परिसूचक ४९ अंकभन्दा बढीले घटेर २ हजार ६ सयभन्दा तल झरेको छ । मौद्रिक नीतिको त्रैमासिक समीक्षापछि शेयर बजारमा नेप्से ओरोलो लागेको हो । यो साता मात्रै बजार १४७ अंकले गिरावट आएको छ । साताको पहिलो दिन आइतबार ८० अंकले घटेको शेयर कारोबार मापक नेप्से अन्तिम कारोबार दिन बिहीवार ४९ दशमलव ० ४ अंकले गिरावट आएर २५८४ दशमलव ६१ अंकमा झरेको छ । सबैभन्दा बढी जीवन विमा कम्पनीको शेयरमा गिरावट आएको छ भने सबै उपसूचक घटेका छन । आज २३१ कम्पनीका ७९ लाख ३२ हजार ७ सय ३१ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४१ करोड ३५ लाख ८९ हजार १२६ रुपैयाँको कारोबार भएको छ । महालक्ष्मी विकास बैंकको सबैभन्दा धेरै १२ करोड ४३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

तपाईको प्रतिक्रिया

Techie