त्रिभुवन विमानस्थलभित्र निः शुल्क बस सेवा संचालन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र आवत जावत गर्न यात्रुका लागि निः शुल्क बस सेवा संचालन भएको छ । निःशुल्क बस सेवा संगै अन्तर्राष्ट्रिय टर्मिनल भवनभित्र छुट्टै विश्राम कक्षको पनि ब्यबस्था भएको छ । बस सेवा संचालन भएपछि यात्रुहरुले ट्याक्सीको मंहगो शुल्क तिर्नु पर्ने बाध्यता हटेको छ ।
कुर्सीमा पुगेपछी काम भन्दा बढी भाषण गर्ने र कुर्सी जोगाउनमै सिमीत हुने माथिल्लो देखि तल्लो तहका नेता र कर्मचारीको पुरानै रोग हो । तर संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम बहादुर आलेले पछिल्ला दिनमा केही राम्रा काम गर्दै प्रंशसा पाईरहेका छन । केही दिन अघिको घोषणालाई पुरा गर्दे मन्त्री आलेले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक निःशुल्क बस सेवा सञ्चालमा ल्याए ।
विमानस्थलको मुख्य प्रवेशद्वार गोल्डेन गेटदेखि आन्तरिक टर्मिनल भवनसम्म यात्रुकोको आवत जावत सहज गर्न निःशुल्क बस सेवा र अन्तर्राष्ट्रिय टर्मिनल भवनभित्र छुट्टै विश्राम कक्षको सुरुवात भएको हो ।
कुनै गुनासो भए यात्रुहरुले फोन गर्न मिल्ने गरी टेलिफोन सेवाको पनि व्यवस्था गरिएको छ ।विश्राम कक्षमा ३० जना यात्रुले विश्राम लिन सक्ने छन् ।
आगामी दिनमा आन्तरिक टर्मिनल भवनदेखि अन्तर्राष्ट्रिय टर्मिनल भवनसम्म आवत जावत गर्न निःशुल्क यातायात सेवा सन्चालन गर्ने योजनासमेत रहेको छ ।

तपाईको प्रतिक्रिया

Techie