ओमिक्रोन भेरियन्टलाइ दृष्टिगत गर्दै अत्यावश्यक नपरी विदेश नजान सरकाको आग्रह

काठमाडौ । सरकारले कोरोना भाइरसको नयाँ ओमिक्रोन भेरियन्ट विदेशमा तीव्र गतिमा फैलिरहेको भन्दै अत्यावश्यक काम नपरी विदेश नजान आग्रह गरेको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपालमा यो भेरियन्ट देखानपरेको भएपनि सावधानीस्वरूप अत्यावश्यक नपरी विदेश नजान आग्रह गरेको हो।
‘कोभिड-१९ को ओमिक्रोन भेरियन्टको संक्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न हुन तथा सावधानी अपनाउनुहुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अपिल गर्दछ, ‘ विज्ञप्तिमा भनिएको छ।

तपाईको प्रतिक्रिया

Techie