Warning: Error while sending QUERY packet. PID=13446 in /home/runcloud/webapps/avenueskhabar/wp-includes/wp-db.php on line 2007

Warning: mysqli_real_connect(): (HY000/2002): Connection refused in /home/runcloud/webapps/avenueskhabar/wp-includes/wp-db.php on line 1612
class="post-template-default single single-post postid-133865 single-format-standard group-blog reendex_live_time reendex_time_in_twelve_format wpb-js-composer js-comp-ver-5.6 vc_responsive">
Notice: wpdb was called incorrectly. wpdb must set a database connection for use with escaping. Please see Debugging in WordPress for more information. (This message was added in version 3.6.0.) in /home/runcloud/webapps/avenueskhabar/wp-includes/functions.php on line 4773

डब्लुएचओले नयाँ कोरोना भेरियन्ट नियन्त्रणका लागि नयाँ निर्देशिका जारी गर्ने 

ओमिक्रोन’ चिन्ताजनक भेरियन्टको सूचिमा

विश्व स्वास्थ्य संगठन ‘डब्ल्यूएचओ’ले दक्षिण अफ्रिकामा भेटिएको उत्परिवर्तित ‘म्युटेट’ कोरोना भाइरसलाई चिन्ताजनक भेरियन्टको रुपमा राखेको छ । ‘म्युटेट’ भाइरसले संक्रमण, त्यसको असर र खोपको प्रभावकारिता घटाउनेजस्ता समस्या देखिएमा त्यसलाई चिन्ताजनक भेरियन्टको रुपमा लिइने गरिएको छ । अत्यधिक ‘म्युटेट’ कोरोना भाइरसको नाम डब्लुएचओले ‘ओमिक्रोन’ राखेको छ । प्रारम्भिक विवरणले यो भाइरसले संक्रमणको जोखिम बढाउने डब्लुएचओको भनाइ छ । नयाँ भेरियन्टबारे थप जानकारीको लागि केही साता लाग्न सक्ने उसको भनाइ छ । डब्लुएचओले कोरोना भाइरसको नयाँ भेरियन्ट नियन्त्रणका लागि विश्वका राष्ट्रहरुलाई नयाँ निर्देशिका समेत जारी गर्ने भएको छ । हालै भेटिएको भेरिएन्टको थुप्रै प्रकारको म्युटेशन रहेकाले यसको अनुसन्धान प्रक्रियामा ढिलाई गर्न नहुने सुझाव उसको छ । ओमिक्रोन’ भेरियन्ट नोभेम्बर २४ मा दक्षिण अफ्रिकामा देखिएको थियो । अहिले यसका विरामीहरु बोत्स्वाना, बेल्जियम, हङकङ र इजरायलमा पनि फेला परेका छन । नयाँ भेरियन्ट देखिएसँगै धेरै मुलुकले दक्षिणी अफ्रिकाका मुलुकसँगको सीमा बन्द गरेका छन । नयाँ भाइरसको स्वरुप परिवर्तन हुने भएकाले यो दक्षिण अफ्रिकी मुलुकहरुमा फैलिसकेको दाबी समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया

Techie