देउवालाई सुनाउँदै ओलीले भने- आउँदो चुनावपछि एमालेको सरकार बन्छ

आफुलाइ काम गर्न नदिनेहरू देउवाको खुट्टा तानिरहेको टिप्पणी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको सार्वभौमसत्ताको रक्षा र विकासका लागि एमालेको एकल बहुमत चाहिएको बताएका छन् । उनले महाधिवेशनपछि आफ्नो पार्टी चुनावको तयारीमा लाग्ने उद्घोष गरे ।

पार्टीको १० औं महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले यसअघि जनादेशका लागि जान खोज्दा रोकिएको स्मरण गरे । अरु राजनीतिक शक्तिहरुले जनतामा जान डराएर चुनाव रोकेको उनको टिप्पणी थियो । देशको सार्वभौमसत्ता र लोकतनत्रको रक्षाको लागि एमालेको बहुमत चाहिएको ओलीको भनाइ थियो ।

सम्बोधनमा ओलीले आफू सरकारमा छँदा अप्ठेरोमा पार्नेहरुले नै अहिले देउवालाई काम गर्न नदिएको हुन सक्ने आशंका गरेका छन् । आफ्नो खुट्टा तान्नेहरूले नै अहिले देउवाको खुट्टा समातिरहेको उनले टिप्पणी गरे ।

ओलीले आगामी चुनावबाट एमालेको सरकार बन्ने सँगै मञ्चमा रहेका देउवालाई सुनाए । ‘प्रधानमन्त्रीजीकै सामु एउटा गोपनियता खुस्काउनुपर्ने भयो,’ ओलीले भने, ‘त्यो के भने आउँदो चुनावपछि एमालेको सरकार बन्छ । स्थानीय तहमा ५० प्रतिशतभन्दा बढी सिट एमालेले हासिल गर्छ ।’

तपाईको प्रतिक्रिया

Techie