एमालेको महाधिवेशन उद्घाटन समारोहमा प्रचण्ड नजाने

काठमाडौ । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी नहुने भएका छन् ।शुक्रबार चितवनमा शुरु हुँने उद्घाटन समारोहमा एमालेले माओवादी अध्यक्ष प्रचण्डलाई पनि निम्तो दिएपनि उनी नजाने भएका छन् । उनको ठाउँमा पार्टीका प्रतिनिधित्व स्थायी कमिटीका नेता लिलामणी पोखरेलले गर्ने भएका छन् । एमालेले महाधिवेशन नेपालका प्रमुख राजनीतिक दलका नेताहरुलाई पनि बोलाएको छ जसमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आउने पक्का भएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जनाएका छन् ।

तपाईको प्रतिक्रिया

Techie