महाधिवेशका लागि चितवन पुगे लगत्तै व्यस्त अध्यक्ष ओली

काठमाडौ । दसौं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन चितवन पुगेका एमाले अध्यक्ष केपी ओली महाधिवेशन केन्द्रित कार्यक्रममा ब्यस्त रहे । बिहीबार मध्यान्ह मात्रै चितवन पुगेका ओलीले बुद्धिजिवीहरुसँग सौराहाको जंगल क्राउन होटलमा अन्तक्रिया गरे । बुद्धिजीबी परिषदको कार्यक्रममा ओलीले मुुलुकको सम्बृद्धि देखी पार्टीको कार्य दिशाका बारेमा चर्चा गरे ।
सौराहाको कार्यक्रमपछि अध्यक्ष ओली महाधिवेशन उद्घाटन समारोहस्थलको अवलोकन गर्ने नारायणगढ पुगे । सो स्थालमा ठूलो संख्यामा स्वयंसेवकहरु परिचालन गरिएको थियो । एमालेले उद्घाटन समारोहमा ५ लाख मानिस उतार्ने दाबी गर्दै आएको छ । महाधिवेशनको उद्घाटनको एक दिनअघि नै नेता तथा महाधिवेशनमा प्रतिनिधिहरु चितवन पुग्न थालेका छन् । महाधिवेशनको उद्घाटन नारायणी किनारा र सौराहामा बन्द सत्र सञ्चालन गर्ने तयारी छ । महाधिवेशनका लागि चितवनमा रहँदासम्म अध्यक्ष ओली सौराहाको पार्क सफारी रिसोर्टमा बस्ने छन् ।

तपाईको प्रतिक्रिया

Techie