एमाले महाधिवेशनमा विदेशी पार्टीका पाहुनाहरु पनि आउने

काठमाडौ । नेकपा एमालेको दशौं महाधिवेशनमा एमालेको निमन्त्रणा स्वीकार गरी ८ वटा विदेशी पार्टीका १५ जना पाहुनाहरु उपस्थित हुने भएका छन । बिहीवार एमाले विदेश मामिला विभागले काठमाडौंमा पत्रकार सम्मेलन गरी भारत, बंगलादेश, श्रीलंका र कम्बोडियाबाट ८ वटा पार्टीका १५ जना पाहुना महाधिवेशनमा उपस्थित हुने निश्चित भएको जानकारी दिएको हो । २५ देशबाट महाधिवेशनका लागि शुभकामना सन्देश प्राप्त भएको पनि विदेश मामिला विभागले जनाएको छ ।
महाधिवेशनमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सात वटा राजनीतिक दललाई निमन्त्रणा गरिएको भएपनि हालसम्म प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कार्यक्रममा सहभागि हुने जानकारी महाधिवेशन अतिथी सत्कार समितिले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

Techie