३०८ जना कोरोना संक्रमित थपिए, थप ३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।७ हजार १०४ पीसीआर परीक्षणमा २८१ जना र १८०५ एन्टिजेन परीक्षणमा २७ जना गरी २९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १५ हजार ७०९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने कोरोना संक्रमण मुक्त हुनेको संख्या २९८ रहेको छ भने । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५ज्ञट पुगेको छ भने ८ लाख १ हजार ४२० जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ७ हजार ३४९ रहेको छ ।

तपाईको प्रतिक्रिया

Techie