प्रधानन्यायाधिशको राजिनामा माग गर्दै सर्वोच्चदेखि बालुवाटारसम्म मार्च पास

काठमाडौ । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधिश चोलेन्द्र समशेर जबराको राजिनामा माग गर्दै आज सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्च पास निकालेको छ । न्यायालय सुधारको माग गर्दै विगत १ महिनादेखि आन्दोलनरत् बारले चौथो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत मार्च पास गरेको हो । मार्च पासमा नेपाल ईन्जिनिर्यस एशोसिएसन, नेपाल शिक्षक महासंघ, नेपाल पत्रकार महासंघ, बृहत नागरीक आन्दोलनका अगुवाईसहित विभिन्न पेशागत संगठनहरुले पनि सहभागिता जनाएका थिए ।
विभिन्न नारासहित नेपाल बार एशोसिएसन परिषरबाट सुरु भएको मार्च पास माईतिघर, भद्रकाली, सहिद गेट, आरएन एसी, दरबारमार्ग, नक्साल, गैरीधारा हुदैँ बालुवाटार पुगेर कोणसभामा परिणत भएको छ ।

तपाईको प्रतिक्रिया

Techie