नेपाललाई विकासशील मुलुकको सूचीमा उकाल्ने प्रस्ताव राष्ट्रसंघद्वारा अनुमोदन 

सन् २०२६ मा विकाशशीलको सूचीमा पर्ने

संयुक्त राष्ट्रसंघीय महासभाले नेपाललाई विकाशशील मुलुकको सूचीमा स्तरोन्नति गर्नेसम्बन्धी प्रस्ताव अनुमोदन गरेको छ । न्यूयोर्कमा बिहीबार आयोजित राष्ट्रसंघीय महासभाको ७६औं सत्रको ४० औं बैठकले नेपाललाई अति कम विकसित मुलुकको सूचीबाट विकाशशील मुलुकको सूचीमा स्तरोन्नती गर्नेसंबन्धी प्रस्ताव अनुमोदन गरेको हो । विकाशशील मुलुकको सूचीमा स्तरोन्नती गर्नेसम्बन्धी प्रस्ताव राष्ट्रसंघीय महासभाबाट सर्वसम्मतीले अनुमोदन भएको संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगले जनाएको छ । बैठकले आर्थिक तथा सामाजिक परिषद् अन्र्तगतको विकास नीतिसंबन्धि समितिलाई सन् २०२४ भित्र नेपाललाई विकाशशील मुलुकको सूचीमा स्तरोन्नतीबारे केही पुर्नविचार गर्नुपर्ने भए त्यसबारे निर्णय लिन कार्यादेश समेत दिएको छ । प्रस्ताव अनुमोदनसँगै नेपाल पाँच बर्ष अर्थात् सन् २०२६ मा विकाशशील मुलुकको सूचीमा पर्नेछ । राष्ट्रसंघले पाँच बर्षको अवधिलाई संक्रमणकालीन अवधि मानेको छ । सन् २०२६ सम्म नेपालले अति कम विकसित मुलुकको हैसियतमा प्राप्त गर्नेे सबै सुबिधा र सहायता पाइरहने बताइएको छ । फेब्रुअरीमा राष्ट्रसंघको विकास नीतिसम्वन्धि समितिले नेपाललाई स्तरोन्नती गर्न सिफारिस गरेको थियो । स्तरोन्नतीका आवश्यक मापदण्ड नेपालले सन् २०१५ मा नै पुरा गरिसकेको छ । बंगलादेश र लाओस पनि विकाशशील मुलुकमा स्तरोन्नती हुने सूचीमा परेका छन ।

तपाईको प्रतिक्रिया

Techie