न्यायालय समस्या समाधानका लागि सरकार तयार छ: दाहाल

काठमाडौ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले न्यायालयको समस्या समाधानका लागि सरकार तयार रहेको बताएका छन् । आज विहान कैलालीको धनगढीमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष दाहालले अदालतमा देखिएको समस्या राम्रो नभएको भन्दै एक स्तरमाथि बढेर समस्या समाधान गर्न तयार रहेको बताएका हुन् । उनले न्यायालयमा देखिएको समस्याप्रति गठबन्धन पाँच दलहरुको नै गम्भीर ध्यानाकर्षण भएको पनि स्पष्ट पारे ।
अध्यक्ष दाहालले ५ दलीय समन्वय समिति गठवन्धन दलहरुबीचको सम्बन्ध सुदृढ बनाउनका लागि मात्र भएको बताए । गढबन्धनलाई आगामी चुनावसम्म कायम रहने भन्दै राष्ट्रियसभा, प्रतिनिधिसभाको उपचुनाव र प्रदेशसभाको उपचुनावमा मिलेर प्रतिष्पर्धा गर्ने उनको भनाइ छ ।
अध्यक्ष दाहालले राष्ट्रिय सहमतिमा एमसीसी पास गर्ने बताए । उनले खर्च कम हुने भन्दै संघ, प्रदेश र स्थानीय तहको निर्वाचन एकै पटक गर्नुपर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया

Techie