च्याम्पियन्स लिग फुटबलमा चेल्सिको जित

युभेन्ट्स ४–० गोल अन्तरले पराजित

प्रिमियर लिग क्लब चेल्सीले च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब युभेन्ट्सलाई पराजित गरेको छ । मंगलबार राति भएको खेलमा चेल्सीले युभेन्ट्सलाई ४–० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन ट्रिभोअ चालोवाह, रिस जेम्स, कलुम हड्सन ओडोइ र टिमो वेर्नरले एक एक गोल गरे । खेलको २५औं मिनेटमा चालोवाहले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ५५औं मिनेटमा जेम्सले गोल गर्दा चेल्सीको अग्रता २–० को बन्यो । ५८औं मिनेटमा कलुमले गोल गर्दा चेल्सीको अग्रता तेब्बर भयो भने खेलको इन्जुरी समयमा वेर्नरले गोल गर्दै चेल्सीलाई ४–० को जित दिलाए । जितसँगै ५ खेलमा १२ अंक जोड्दै चेल्सी समूह ’एच’ को शीर्ष स्थानमा उक्लिएको छ । युभेन्ट्स १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । यस समूहबाट दुबै टिम नकआउट चरणमा पुगिसकेका छन् ।

बायर्न म्युनिख

जर्मन बुण्डेसलिगा क्लब बायर्न म्युनिखले युईएफए च्याम्पियन्स लिगको समूह ‘इ’ मा ८ अंकको अग्रता बनाएको छ । मंगलबार राति भएको खेलमा बायर्नले ड्यनामो केईभलाई २–१ गोलले पराजित गर्दै ८ अंकको अग्रता लिएको हो । राति नै भएको खेलमा बायर्न स्पेनिस क्लब बार्सिलोना बेन्फिकासँग गोल रहीत बराबरीमा रोकिएको थियो । बायर्नले यसअघि नै प्रतियागिताको नकआउट चरणमा स्थान बनाइसकेको छ । बार्सिलोनाले भने अन्तिम खेलबाट नै अन्तिम १६ को स्थान बनाउने छ । अन्तिम खेलमा बार्सिलोनाले बायर्नको सामना गर्नेछ । बेन्फिका र ड्यनामो भिड्नेछन् । यस खेल बराबर भए अथवा बार्सिलोना आफ्नो खेलमा विजयी भए अन्तिम १६ मा स्थान बनाउनेछ । मंगलबार भएको खेलमा भ्रमणकारी टोली बायर्नलाई जिताउन रोबर्ट लेवाण्डोस्की र किङस्ले कोम्यानले समान १÷१ गोल गरे । केइभको लागि डेनिस गार्मन्सले १ सान्त्वना गोल गरे । पहिलो पटक पूर्वखेलाडी जाभि हर्नाण्डेजको प्रशिक्षणमा च्याम्पियन्स लिग खेलेको बार्सिलोना बेन्फिकासँग गोलरहित बराबरीमा रोकियो । जितले बार्सिलोना नक आउट चरणमा स्थान बनाउने थियो । बराबरीसँग उसले अर्को खेल कुर्नपर्ने भएको छ । समूह ‘इ’ मा बायर्नको ५ खेलबाट १५ अंक छ । बार्सिलोनाको ७ अंक रहँदा बेन्फिकाको ५ अंक रहेको छ । पुछारमा रहेको केईभको १ अंक छ ।

तपाईको प्रतिक्रिया

Techie