हिउँद लागेसँगै नेपालमा पनि वायु प्रदुषण बढ्यो, सचेत रहन चिकित्सकको आग्रह

काठमाडौ । पछिल्लो समय वायुको स्थिति खस्कदो अवस्थामा छ । एयर क्यालेटी इन्डेक्सका अनुसार नेपालको वायु अवस्था दिनानुदिन विग्रदै गएको देखिन्छ । प्रदुषित हावाका कारण मानव स्वास्थ्यमा जोखिम समेत बढाएको छ । हिउँद महिनामा वायुको अवस्था निकै विग्रने हँुदा सचेत र सावधान रहन चिकित्सको आग्रह छ । विश्व स्वास्थ्य संगठनका अनुसार वायु प्रदुषणका कारण विश्वमा ४ लाख २० हजार व्यतिmको मृत्यु हने गरेको छ । नेपालमा पनि ४२ हजार भन्दा बढिको मृत्यु वायु प्रदुषणका कारण हुने गरेको अध्ययनले देखाएको छ । एयर क्यालेटी इन्डेक्स एक्यूआईले प्रदुषणको मात्रा शुन्य देखि ५० माइक्रोग्राम प्रतिघनमिटरलाई योग्य मानेको छ । एक्यूआई १ सय ५० भन्दा माथि पुगेमा यसलाई हानिकारक मनिन्छ । नेपालमा पनि पछिल्लो समय वायुको अवस्था विग्रदो देखिएको छ । प्रदुषित हावामा श्वास फेर्दा रुघाखोकी, ज्वरो, एर्लजी लगायतका समस्या तत्काल देखिन्छ । साथै यस्ता हावाको सम्पर्कमा रहिरहदा क्यान्सर तथा श्वासप्रश्वास सम्बन्धि दिर्घकालिन समस्या समेत देखिने चिकित्सक बताउँछन् ।
त्यसो त, हिउँद महीनामा वायु प्रदूषणको जोखिम बढ्ने गर्दछ । पानी कम पर्ने, वायुमण्डलमा हावाका विभिन्न तहको प्रसार कम भएर प्रदूषित हावा चलायमान नभई ठप्प भइराख्ने, आगो बाल्ने, इट्टा भट्टा संचालनमा आउने जस्ता गतिविधि कारण वायुको स्थिित निकै नै प्रदूषण हुने गर्दछ । प्रदुषित हावा स्वास्थ्यका लागि निकै घातक हुने चिकित्सकको भनाइ छ ।
वायु प्रदूषणले मुटु र फोक्सोका बिरामी, बालबालिका, तथा श्वासप्रश्वासका रोगीलाई अझ बढि प्रभाव पार्छ । साथै अध्ययनहरुका अनुसार वायु प्रदुषणका कारण मानिसको आयु करिब ३ वर्ष कमसमेत हुने अध्ययनले देखाएको छ । तसर्थ मानव स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने वायुप्रदुषण रोकथामका उपाय अवलम्बन गर्न जरुरी देखिन्छ ।

तपाईको प्रतिक्रिया

Techie