मंगलबार नेप्से परिसूचकमा दोहोरो अंकले गिरावट

काठमाडौ । मंगलबार शेयर बजार मापक नेप्से परिसूचकमा दोहोरो अंकले गिरावट आएको छ । सोमबार ७ दशमलव ९० अंकले वृद्धि भएको नेप्से मंगलबार ३२ दशमलव २९ अंकले घटेर २ हजार ७३३ दशमलव १४ अंकमा झरेको हो । आज ठूलो कारोबार मापक सेन्सेटिभ इण्डेक्स ३ दशमलव ९८ अंकले घटेको छ । मंगलवार कारोबारमा आएका २२७ कम्पनीको ७४ लाख ४८ हजार कित्ता शेयर ४ अर्ब १६ करोड ५८ लाख ९६ हजार रुपैयाँमा खरिदबिक्री भएको छ । मंगलबार १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने अन्य उपसमूहको परिसूचक ० शमलव ९४ प्रतिशतले बढेको छ ।

तपाईको प्रतिक्रिया

Techie