ओखलढुंगाको लिखुमा माटेवेसी महोत्सव हुने

सिद्धेश्वर मन्दिरमा बाला चतुर्दशीको रौनक

काठमाडौ । ओखलढुंगाका लिखु गाँउपालीका ६ माटेवेसीमा अवस्थित सिद्धेश्वर महदेव मन्दिरमा महोत्सव हुने भएको छ । ओखलढुंगा र रामेछापको सिमाना रहेको जिल्लाकै प्रमुख धार्मीक स्थल सद्धेश्वर महदेव मन्दिरमा धार्र्मीक तथा पर्यटन पर्वद्धनलाइ मध्यनजर गर्दै मंङसीर १६-१७ गते धार्मीक महोत्सव हुने भएको छ । स्थानिय जन जागरण युबा क्लबले आयोजना गर्न लागेको उक्त महोत्सवमा ख्याती प्रप्त राष्ट्रिय कलाकारको पनि बेजोड प्रस्तुती हुने क्लबका सचिव गोपाल भट्टराईले जानकारी दिएका छन ।

No description available.

परिवारका दिवंगत आफन्तहरुको आत्माको चिरशान्तिको निम्ति प्रचिनकाल देखिनै सिद्धेश्वर महदेव मन्दिरमा बत्ती बाल्ने र सतबिज छर्ने चलन रहेको छ । मन्दिर वरपर दिवंगत आत्माको नाममा महादीप बाल्ने, रातभर भजन कीर्तन तथा श्लोकहरु भन्ने सुनाउने, झाँकी र दोहरी गाएर जाग्राम बस्ने प्रचलन रहेको छ । यसो गर्दा मृतात्माले चिर शान्ति प्राप्त गरी स्वर्गमा बास पाउने धार्मिक मान्यता रहि आएको छ ।

No description available.

मार्गकृष्ण त्रयोदशीको साँझ दिप जगाई रातभरि जाग्राम बसि भोलिपल्ट शतबिउ छर्नाले आध्यात्मिक, आधिभौतिक र आधिदैविक सवै पापहरू नष्ट हुने धार्मिक मान्यता रहेको छ ।

No description available.
हेमन्त ऋतुको मार्गकृष्ण चतुर्दशीमा पर्ने भएकोले बालाचतुर्दशी पर्वलाई शतबिज रोपण पर्व पनि भनिन्छ । यो पर्वको महत्व भन्नु नै पितृहरूको उद्धारको निम्ति सतबिज छर्नु हो । बोलीचालीको भाषामा सतबिज छर्ने कार्यलाई सतबिउ छर्ने पनि भनिन्छ । सतबिज भन्नाले सयवटा जात प्रजातका बिउहरु भन्ने बुझिन्छ । ’शतम्’ को अर्थ सय र ’बीज’ को अर्थ बीउ हुन्छ । सय जातका बिउ भनिए पनि खासगरी धान, जौ, गहुँ, चना, तिल, कागुनो र मकैको बिउ मिसाएर शिवालय वरिपरि घुमेर छर्ने गरिन्छ । सतबिउ छर्नुको मुख्य कारण चैं पितृहरुले जस्तोसुकै कर्म गरेर गएका भए पनि कहिल्यै पनि भोकै बस्नु नपरोस्, अन्नको कमि नहोस् भन्ने हो । सतबिजमा केरा, उखु, सुन्तला, अनार, भोगटे, कागति, निबुवा, बिमिरो र अमला लगायतका फल र विभिन्न जातका फूलहरू मिसाएर छर्ने गरिन्छ ।

No description available.

सनातन हिन्दू धार्मिक परम्परा अनुसारका विभिन्न चाडपर्वहरु मध्ये बाला चतुर्दशी पर्व पनि एउटा महत्वपूर्ण धार्मिक पर्व हो । यस पर्वको छुट्टै एवं विशिष्ट महत्व रहेको छ । मंसिर कृष्ण चतुर्दशी अर्थात् बाला चतुर्दशीको विशेष महत्व भनेको विभिन्न मन्दिर एवं धार्मिक स्थलहरुमा सतबीज (सतबीउ) छरिनु हो ।

तपाईको प्रतिक्रिया

Techie