एमाले स्थायी कमिटी बैठक बस्दै, पाँच प्रतिशत प्रतिनिधि मनोनयनको तयारी

दसौँ महाधिवेशनमा प्रतिनिधि मनोनयनबारे छलफल गर्न नेकपा एमालेको स्थायी कमिटी बैठक आज बोलाइएको छ । ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने बैठकले पाँच प्रतिशत महाधिवेशन प्रतिनिधिको सूचि केन्द्रीय कमिटीमा पठाउने बताइएको छ । केन्द्रीय कमिटीको बैठक महाधिवेशन उदाटन हुने अघिल्लो दिन बस्ने तयारी छ । एमालेमा महाधिवेशनमा सहभागी हुने प्रतिनिधिमध्ये ५ प्रतिशत मनोनयनबाट आउने व्यवस्था छ । बैठकमा महाधिवेशन तयारी, समसामयिक राजनीतिक परिस्थिती, सरकारका काम, अदालतमा भैरहेको आन्दोलन लगायतका विषयमा पनि छलफल हुने बताइएको छ । चितवनमा मंसिर १० देखि १२ गतेसम्म एमालेको १० औं राष्ट्रिय महाधिवेशन हुँदैछ । महाधिवेशनमा पदेन र निर्वाचित गरी एक हजार ९९९ प्रतिनिधि सहभागी हुँदैछन । महाधिवेशन तयारीका लागि नेता रामबहादुर थापाको संयोजकत्वमा मूल व्यवस्थापन र अन्य नेताको संयोजकत्वमा विभिन्न समिति गठन गरिएको छ ।

तपाईको प्रतिक्रिया

Techie