राप्रपाको अध्यक्षमा उम्मेदवारी दिने लिङ्देनको घोषणा

काठमाडौ । राप्रपाको आगामी मंसिर १५–१७ गते हुने एकता महाधिवेशनमा प्रतिनिधिसभा सदस्य तथा नेता राजेन्द्र लिङ्देनले अध्यक्षमा उम्मेदवारी दिने भएका छन् । यसअघि अध्यक्षमा दावेदारी प्रस्तुत गर्दै आएका धवल शमशेर राणासमेतको समर्थनमा लिङ्देनले अध्यक्षमा उम्मेदवारी दिन लागेका हुन् । युवा पुस्ताले नेतृत्व हातमा लिनुपर्ने पक्षमा रहेका दुबै नेताबीच यो महाधिवेशनबाट सहकार्य हुन लागेको हो । लिङ्देनले मंसिर ९ गते प्यानलसहित अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने तयारी गरेको बताइएको छ । लिङ्देनको टिममा राणा महामन्त्रीको उम्मेदवार बन्ने निश्चित भएको छ । राप्रपामा कमल थापा, पशु्पति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी पनि अध्यक्षको आकांक्षी रहेका छन् ।

तपाईको प्रतिक्रिया

Techie